प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८०
अबैध बोईलर कुखुरा सहित मो.सा. बरामद
२०८०-०३-११

कञ्चनपुर- मिति २०८०।०३।११ गते दिउसो जिल्ला कञ्चनपुर बेलौरी न.पा. ६ भुराकोट स्थित अबैध रुपमा भंन्सार छलि गरि ल्याएका भारतीय नं. प्लेटको UP31 AP. ८६३८ नं. को मुल्य अ. रु ४०,०००।– बराबरको मो.सा.मा.अ. रु. २४,०००।– बराबरको अ.१२० के.जी अबैध बोईलर कुखुरा बेवारीसे अवस्थामा छाडी मो.सा. चालक फरार भएको, खो.त. कार्य जारी, मो.सा. र अबैध बोईलर कुखुरा बरामद गरी  ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । माथि उल्लेखित बोईलर कुखुरा स्थानिय जनप्रतिनिधि स्थानिय संचारकर्मी, स्थानिय मानिसहरुको साक्षि रोहबरमा नष्ट गरेको हो । 

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०३-११

कैलाली- मिति २०८०।०३।१० गते साँझतिर  जि.कैलाली धनगढी उप-महानगरपालिका २ फनपार्क नजिक  भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.१५,०००।- बराबरको  सुर्ती, मसला,चिनी, आन्टी, कालो नुन, लगायतका  मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।  यसैगरि, आइतबार साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ मिलन चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.२०,०००।– (बिस हजार) बराबरको जुत्ता २० जोर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिगएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी  नियन्त्रणमा लिएको हो  । यसैगरि, आइतबार साँझतिर जि.कैलाली धनगढी उप-महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको चालक भारत विहार प्रदेश घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.५ बस्ने बर्ष ३८ को सन्दिप कर्णले चलाएको सु.प.प्र.०१००८ प ६६७२ नं.को मो.सा.मा  अं.मुल्य रू.६९,२७५।–बराबरको  छाता, कुर्ती, मेहन्दि, चिनी, नरिवल तेल, पेठा, सोडा, डिटल पाउडर,रंगहरु लगायतका अन्य मालसामानहरु ल्याउदै गरेको अवस्थामा फेला पारी निज मानिस र मो.सा.सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

लागुऔषध सहित मानिस पक्राउ
२०८०-०३-११

   कैलाली- मिति २०८०/०३/१० गते दिउसो जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १२ जुगेडा A गाउ स्थित ऐ.ऐ. बस्ने बर्ष ३५ को शेर बहादुर भण्डारीले संचालन गरेको ऐ. स्थित रहेको दुर्गेश्चरी मासु पसलमा शंका लागी चेकजाच गर्दा निजले लुकाई छिपाई राखेको शुद्ध तौल १ ग्राम ला.औ. खैरो हिरोइन फेला पारेको र निज शेर बहादुर भण्डारी सहित ऐ.ऐ. बस्ने बर्ष २७ को ला.औ. सेवन कर्ता राकेश भट्टलाई समेतलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरि, आइतबार साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ मनेहरा स्थित ऐ.ऐ.बस्ने बर्ष २५ को गोबिन्द रानालाई शंका लागी चेकजाच गर्दा निजको साथबाट शुद्ध तौल १ ग्राम ७ मिलिग्राम ला.औ. खैरोहिरोइन फेला पारी निजलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०३-०८

कञ्चनपुर- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १८ सालघारी घर भइ ऐ. बस्ने टेक राज चटौतको घरमा डेरा गरी बस्ने बर्ष १८ को अभिषेक सोनाम र ऐ.घर भई ऐ. कोठामा बस्ने बर्ष २४ को प्रशान्त कुवरको कोठामा संका लागि चेकजाँच गर्दा शुद्ध तौल गर्दा ५.९९ ग्राम खैरोहिरोइन फेला पारी दुबै जनालाइ  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । कैलाली- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कैलाली गोदावरी न.पा. ०४ गोदावरी स्थित अत्तरिया बाट गोदावरी तर्फ जादै गरेको ऐ. धनगढी उप-महानगरपलिका ०३ बस्ने बर्ष २० को आशिष भण्डारीले चलाएको सु.प.प्र. ०१००९ प ४९ न. को मो.सा. संका लागि चेकजाँच गर्दा सोहि मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को राजेन्द्र बोहराको साथबाट शुद्ध तौल २६० मिलीग्राम लागु औषध खैरोहिरोईन फेला पारी मो.सा. सहित निज दुबै जनालाई अस्थाई प्रहरी पोष्ट गोदावरी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरि, बिहीबार साँझतिर जिल्ला कैलाली धनगढी उमनपा ३ त्रिनगर ब्यारेल स्थित  भारतबाट नेपाल तर्फ ल्याउदै गरेको  अवस्थामा जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष १९ को योगेन्द्र ब. देउवालाई शंका लागी चेकजाच गर्दा निजको साथ बाट २ ग्राम ७६०मिलि ग्राम ला.औ. खैरोहिरोईन फेला पारी निजलाई समेत जिल्ला प्रहरी कर्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटीई गएको  संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०३-०८

कैलाली- मिति २०८०।०३।०७ गते दिउसो जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ ट्राफिक चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू. १,०६,०००।– (एक लाख छ हजार) बराबरको टेन्टको समान, फ्यान ठुलो, हाडवेयर,झिलमिला लाईट,लाईट रोल, लगायतका  मालसामानहरु वेवारिसे अवस्थामा फेला पारी  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरि, बिहीबार राती जिल्ला कैलाली धनगढी उमनपा २ ट्राफिक चोक नजिक भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.१३,०००।- बराबरको सुपरपावर, विडी, कट्टु लगयातका  मालसामानहरु वेवारिसे अवस्थामा फेला पारी  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० स्थित अं मुल्य.रु २,५०,०००।- मुल्य बराबरको एयरफोन बेवारिसे अवस्थामा फेला पारी  बरामद  गरि ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणामा लिई  आवश्यक कारवाहीका लागी  भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाएको हो । यसैगरि, बिहीबार साँझतिर जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका ५ मैनाहा स्थित सडक छेउमा अबैध रुपमा भन्सार छली गरि ल्याएका मुल्य अं. रू ६७,०००।– बाराबरको चिक स्याम्पु,  खाने तेल,   डिऊ (चिसो पेय पदार्थ) लगायतका मालसामानहरू सहित से.७ प. ८१८६ नं.को मो.सा. फेला पारी  ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरि टोलीले  नियन्त्रणमा लिएको  हो  ।  

सालको काठ सहित ट्रक नियन्त्रणमा
२०८०-०३-०७

कैलाली- मिति २०८०।०३।६ गते साँझतरि  जि. डोटी बडिकेदार गा.पा.२ स्थित हरियाली सामुदायिक बनमा (६७१.९२ क्यु फिट) र ऐ.ऐ.२ जनमुखी सामुदायिक बनमा (२२४८.३४ क्यु फिट) सालको गोलिया  जिल्ला कैलाली चुरे गा.पा. वडा नं. १ चोट्टेको बाटो हुंदै आईरहेको छ भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट प्रहरी टोली खटि गई जिल्ला कैलाली चुरे गा.पा. वडा नं. १ चोट्टे स्थित बाट ना ५ ख ८००७, ना ४ ख ८३१९,  लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६,  ना ७ ख २६१५ र से १ ख १५७४ सालको गोलिया लोड गरिएका छुट पुर्जी नभएका ट्रकहरुलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी लानाकेदारेश्वर सव डिभिजन बन कार्यालय बिपिनगर डोटीमा बुझाईएको हो ।

चट्याङबाट मानिस घाईते र चौपायाको मृत्यु
२०८०-०३-०७

बैतडी:- मिति २०८०।०३।०६ गते राति जि.बैतडी पुर्चौडी न.पा..वडा नं.०१ कनेडापानी बस्ने प्रेमसिह भन्डारीको घर नजिकै रहेको बिधुतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्राको मृत्यु भएको छ । साथै उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको छ ।   दार्चुला:- मिति २०८०।०३।०७ गते बिहानतिर  जि.दार्चुला महाकाली न.पा.९ थाप्ला स्थित ऐ.ऐ.बस्ने नरेश सिंह धामीको घरमा चट्याङ लागि निजको गोठभित्र रहेको भैंसी-१ को मृत्यु भएको र निजकै श्रीमती बर्ष अं. २८ की कौशा देवी धामीको दाहिने हात, खुट्टा झमझमाई रहेको, स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामानहरु सहित मानिस पक्राउ
२०८०-०३-०६

कैलाली:- मिति २०८०/०३/०५ गते साँझतिर धनगढी उप-महानगरपालिका ३ भन्सार नजिक भारतबाट भन्सार छली गरी ल्याएका पर्दा,कुर्ती लगायत अं.मुल्य रू.१५,०००।–बराबरको प्र.चौ.त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।यसैगरि, मंगलबार साँझतिर धनगढी उप- महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका आन्टि,सुपर पावर, बिडी,पानमा हाल्ने मसला, चिनी लगायतका अं. रू.६०,०००।- बराबरको मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।  यसैगरि, मंगलबार साँझतिर धनगढी उप- महानगरपालिका १९ बहुलियाघाट नजिक भारतबाट भन्सार छलि गरी ल्याएको अं. रू.१०,०००।- बराबरको मोटरसाईलको पार्ट पुर्जाहरु ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।  कञ्चनपुर:- मंगलबार साँझतिर भिमदत्त न.पा. १७ बासखेडा स्थित ऐ. १८ बागबाणी बस्ने वर्ष २० को आशीस नेपालीले भारतबाट साईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका साईकल,अटोको टायर,साईकलको ट्युब,चिनी लगायतका अन्दाजी रु.१३,५४१।– बराबरको सामानहरु सहित निज आशिस नेपालीलाई अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चपुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आगलागीबाट मो.सा. जली नष्ट
२०८०-०३-०१

कैलाली- मिति २०८०।०३।०१ गते दिउसोतिर  कैलाली टिकापुर न.पा. १  स्थित नबजिवन सहकारी संस्थाको मो.सा. पार्कीङ गर्ने ग्यारेजमा उक्त ग्यारेज भित्र पार्कीङ गरी राखेको सोही सहकारी संस्थाका सुरक्षा गार्ड ऐ.ऐ.ब्लक न.११ बस्ने बर्ष ४१ को मदन ब. सिंहको भे८प २९३ न. को मो.सा. र जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.८ खजुरा बस्ने बर्ष ५६ को कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२न. को मो.सा.मा एक्कासी आगलागी हुँदा दुबै मो.सा.जली नष्ट भई अ.४,०००००।– (चार लाख) बराबरको क्षेति भएको छ  । उक्त आगलागी प्रहरी र दमकलको सहयोगमा पुर्णरुपमा नियन्त्रण आईसकेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जली नष्ट
२०८०-०३-०१

कैलाली- मिति २०८०।०२।३२ गते साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बेलाताल स्थित ऐ.ऐ. बस्ने बर्ष ४९ प्रेम प्रसाद भट्टको काठले बनेको २ तले २ कोठे कच्ची घरमा  विजुलीको तार सर्टहुन गई आगलागी हुदा अन्नपात, लुगाकपडा काठपात जली अ.२०,००० बराबरको सामानहरु जली नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानियहरुको  सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । डडेल्धुरा- बिहिबार साँझतिर जिल्ला डडेल्धुरा पर्शुराम नपा ११ उत्तरखेडा बस्ने बर्ष ६८ को धौल सिहं भाटको काँठ र खरले छाएको १ तले १कोठे गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भई गोठमा रहेका १ वटा गोरु,१ वटा गाई जली मृत्यु भएको र १वटा गोरु, १वटा गाई घाईते भएको ,उक्त आगलागी प्रहरी र  स्थानियको सहयोग नियन्त्रणमा आईसकेको,ऊक्त आगलागीको क्षती बारे बिस्तृत बिबरण  आउन बाँकी रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<